काठमाडाैं। क्यानोइङका विजय माझी २०औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि बिहीबार थाइल्यान्ड प्रस्थान जाने भएका छन्।
विजय त्यत्तैबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयमा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छन्।
क्यानोइङमा सहभागी हुने अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र महेताले बुधबार बिदाइ गरे।