काठमाडौं। नेपाल भलिबल लिग ९एनभीएल० मा कर्णाली शिवराजले शुक्रबार विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको अन्तिम खेलमा कर्णालीले अन्नपूर्ण स्पाइर किङ्गसलाई ३–१ को सेटमा पराजित गरेको हो।
कर्णालीले २५–२२, १९–२५, २६–२४ र २५–२२ को सेटमा हरायो। कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘प्लेयर अफ दि म्याच’ बने। उनले २० हजार नगद पुरस्कार हात पारे।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।