काठमाडौं भदौ २० गते । लिटिल एन्जल्स (एलए) र डिएभीले ३२औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा शनिबार जित हात पारेका छन्।
एलएले मल्पीलाई ४–० गोलले पराजित ग¥यो। अक्षय श्रेष्ठले २ तथा सम्पन्न थिङ र रुपम ओलीले समान १–१ गोल गरे। डिएभीएले राई स्कुललाई ३–० गोलले हरायो। सुदिप भट्टराई, श्रेयान्स पाठक र रिजु अधिकारीले गोल गरे।
ब्वाइज फुटबलमै रातो बंगलाले जेम्समाथि ९–० को सहज जित दर्ता ग¥यो। सिद्धान्त राईले ३, रोयस प्रधानले २ तथा आरभ श्रेष्ठ, कभिन श्रेष्ठ र निर्विग्न ढकालले समान १–१ गोल गरे। बाँकी एक गोल आत्माघाती थियो।
गल्र्स फुटबलमा रातो बंगला र इस्टपोलले १–१ गोलको बराबरी खेले। रातो बंगलाकी काभ्या भट्टराई तथा इस्पपोलकी श्रृया खड्काले गोल गरे। एभीएमले एलएबाट वाकओभर पायो।
बास्केटबलको ब्वाइजमा एलएले मल्पीलाई ४१–१७ ले पराजित ग¥यो। एलएका सुजल यादवले २० अंक जोडे। गल्र्समा मल्पीले एलिक्सर एकेडेमीलाई २०–१० ले हरायो। मल्पीकी सहारा गुरुङले ८ स्कोर गरिन्।