काठमाडाैं। बुन्डेसलिगामा शाल्के र बायर्न म्युनिखबीचको खेल गाेलरहित बराबरीमा सकिएको छ।
बल पोसेसन र अवसरमा बायर्न हाबी रहे पनि शाल्केका गोलरक्षक लोरिस कारियसले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण एक अंक दिलाए।
यो बराबरीसँगै बायर्नले सिजनको पहिलो खेलमा जित निकालेपछि दोस्रो खेलमा अंक बाँडेको छ भने शाल्केले बुन्डेसलिगामा पुनरागमनपछि पहिलो अंक जोडेको छ।
तपाईको प्रतिक्रिया !!!