काठमाडाैं। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभीएल) मा आइतबार पहिलो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो। अन्नपूर्णले २५–२३, २८–२६ र २५–२३ ले आफ्नो पक्षमा पा¥यो।
दुई खेलमा अन्नपूर्णको पहिलो जित हो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले पराजित भएको थियो। दुई खेलनै खेलेको काठमाडौं रेड्सको पहिलो हार ह। आफ्नो पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले हराएको थियो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ।