डिएभी सेमिफाइनलमा

काठमाडौं भदौ २१ गते । डिएभी ३२औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा डिएभीले पाठशालालाई २–० गोलले पराजित ग¥यो। सुदिप बुढाथोकी र विमर्श घिमिरेले गोल गरे। डिएभीसंगै लिटिल एन्जल्स (एलए) र आयोजक ज्ञानोदय पनि सेमिफाइनलमा पुगे। १ टिमको टुंगो लाग्न बाँकी छ।

गल्र्स फुटबलको सुपर लिगमा एभीएमले इस्टपोललाई १–० को झीनो गोलअन्तरले हरायो। आरोषी शर्माले निर्णायक गोल गरिन्। एभीएम र इस्टपोलसंगै रातो बंगलाको पनि फाइनल पुग्ने सम्भावना कायमै छ।

ब्वाइज बास्केटबलमा एलए, ज्ञानोदय र एलआरआई सेमिफाइनलमा प्रवेश गरेका छन्। गल्र्स बास्केटबलमा रातो बंगला ‘बी’, एलए र ज्ञानोदयले सेमिफाइनलमा स्थान सुरक्षित गरे । दुवै समूहमा सेमिफाइनल पुग्ने १ टिमको टुंगो लाग्न बाँकी छ।

स.बल फाउन्डेसनको मुख्य प्रायोजन तथा सफल दुध र चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार र मंगलबार कुनै खेल हुने छैन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको