अन्नपूर्णकाे लागतार दाेस्राे जित

काठमाडाैं। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दाेस्राे जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित ग¥यो। अन्नपूर्णका उरानबायर ‘म्यान अफ द म्याच’ घोषित भए। उनी लगातार दोस्राे पटक ‘म्यान अफ द म्याच’ बनेका हुन्। काठमाडौं रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए।

३ खेलमा अन्नपूर्णको याे दाेस्राे जित हो। आफ्नो दोस्राे खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले चुकेको थियो।

मधेश भने हालसम्म जितविहीन छ। मेधशले पनि ३ खेल खेलिसकेको छ। मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौं रेड्ससंग ३–२ ले पछि परेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको