काठमाडाैं। कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्राे जित हासिल गरेकाे छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ ले पराजित गरेकाे छ।
लगातार तेस्राे खेलमा जित हात पार्ने क्रममा कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को प्रदर्शन ग¥यो। कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ चुनिए।
जारी लिगमा कर्णाली एक मात्र अपराजित टोली हो। यसअघि कर्णालीले अन्नपूर्णलाई ३–१ तथा खप्तड फाल्कन्सलाई ३–० ले पाखा लगाएको थियो। सगरमाथाले मधेशलाई ३–१ तथा खप्तडलाई ३–० ले पन्छाएको थियो।
प्रतियोगिताअन्तर्गत मंगलबार खप्तड र मधेश तथा काठमाडौं रेड्स र सगरमाथाबीच खेल हुनेछ।