काठमाडौंलाई दोस्राे सफलता

काठमाडाैं। काठमाडाैं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा दाेस्राे जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा सगरमाथा स्म्यासर्सलाई काठमाडाैंले ३–१ काे सेटमा जित हासिल गरेकाे हाे।

काठमाडौंले सगरमाथालाई २५–१२, २२–२५, २५–१८ र २५–२० को सेटमा पराजित गर्याे। खेलमा शानदार प्रदर्शन गरेका मुस्तफा खान ‘प्लेयर अफ द म्याच’ चुनिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको