ट्रेलमाण्डुको आयोजनामा शनिबार ‘फ्लड रिलिफ १० के ट्रेल रन’

काठमाडौँ, भदौ २८ गते। ट्रेलमाण्डुले शनिबार ‘फ्लड रिलिफ १० के ट्रेल रनको आयोजना गर्ने भएको छ। ट्रेलमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा भोटोकोशी क्षेत्रमा आएको बाढीबाट पिडितहरुको सहयोगार्थ यो ट्रेल रनको आयोजना हुन लागेको हो।

संयोजक रसिलाले स्वेदशी र विदेशी गरी ३० भन्दा बढी अल्ट्रा रनरले फ्लड रिलिफ ट्रेल रनमा दर्ता गरिसकेको जानकारी दिए। स्वयम्भूबाट सुरु हुने सो दौड इचंगु, सेतो गुम्बा भएर पुनः इचंगुबाट सुरु भएको स्थानमा फर्किनेछ।

रसिला यस दौडबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकरी दिइन्। उनले केही दिनअघि मात्र स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा दुई महिना प्रशिक्षण लिएर नेपाल फर्किएकी हुन्। प्रशिक्षणककै समयमा रसिला फ्रान्समा अल्ट्रा रेस प्रतियोगितामा सहभागी पनि गरेकी थिइन्। सोही रेसकै दौरान जुनिपर ट्रस्टसँगको सहकार्यमा रसिलाले एक लाख रुपियाँ बाढीपिडितका लागि सहयोग गरिन्।

पछिल्ला दुई वर्षदेखि जुनिपर ट्रस्टसँग मिलेर रसिलाले जलवायु परिवर्तनमा पनि काम गरिरहेको छ। एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका रसिलाले सो ट्रस्टसँग मिलेर पाँच हजार रुख रोप्ने कार्य पनि गरेकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको