काठमाडौं। युईएफए च्याम्पियन्स लिगको लिग चरणमा म्यानचेस्टर सिटीले विजयी सुरुआत गरेको छ।
गएराति भएको खेलमा सिटीले एफसी पोर्टोलाई २–० गोलले पराजित गरेको हो।
सिटीको जितमा एर्लिङ हालान्डले दुवै गोल गरे। उनले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको ९१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै सिटीको जित पक्का गरे।
जितसँगै म्यानचेस्टर सिटीले लिग चरणमा ३ अंक जोडेको छ भने पोर्टो अंकविहीन बनेको छ।