च्याम्पियन्स लिग : डर्टमन्डको रोमाञ्चक जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगको लिग चरणमा बोरुसिया डर्टमन्डले विजयी सुरुआत गरेको छ।

गएराति भएको खेलमा डर्टमन्डले भिल्ला रियललाई ३–२ गोलले पराजित गरेको हो।

डर्टमन्डको जितमा सेरहु गुइरासीले दुई गोल गरे। उनले ८०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८५औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ३–१ को अवस्थामा पुर्‍याए।

डर्टमन्डका रेनातो भेइगाले ५३औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। भिल्लारियलका सान्टियागो मौरिनोले ६६औँ मिनेटमा गोल गरे। खेलको इन्जुरी समयको ९३औँ मिनेटमा डर्टमन्डका गुइरासीबाट आत्मघाती गोल भए पनि टोलीको जित रोकिएन।

जितसँगै डर्टमन्डले लिग चरणमा ३ अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको