काठमाडौं । युईएफए च्याम्पियन्स लिगको लिग चरणमा रियल मड्रिडले विजयी सुरुआत गरेको छ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो।
रियलको जितमा किलियन एम्बाप्पेले १४औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। फेडेरिको भाल्भेर्देले २३औँ मिनेटमा गोल थपेपछि रियल २–० ले अघि बढेको थियो।
इन्टरका कार्लोस अगुस्टोले ७७औँ मिनेटमा गोल गरे पनि टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन।
जितसँगै रियल मड्रिडले लिग चरणमा ३ अंक जोडेको छ।