ग्रिनल्यान्डको दोहोरो जित

काठमाडाैं। आयोजक ग्रिनल्यान्डले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ। ग्रिनल्यानडले जुनियर ब्वाइज तथा सिनियर गल्र्समा सफलता पायो । सिनियर ब्वाइजमा भने ग्रिनल्यान्ड चुक्यो।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३–१७ ले पराजित ग¥यो। ग्रिनल्यान्डको जितमा रवि पण्डितले ६ अंक योगदान गरे। सिनियर गल्र्समा दीक्षा पाण्डेको १३ अंक सहयोगमा ग्रिनल्यान्डले ज्ञान संसकारलाई ३५–२२ ले हरायो। सिनियर गल्र्सको अर्को खेलमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले मन्जरीलाई २२–१४ ले पन्छायो। बीएनएकी पूर्णिमा नेपालीले १० स्कोर गरिन्।

जुनियर ब्वाइजको अन्य खेलमा गोल्डेनपिकले न्युटनलाई २३–१३, लालीगुराँस नेसनल एकेडेमीले स्कोलर्स होमलाई २३–२२, बीएमसीले बीएनएलाई १८–१६ र ओडिसीले ज्ञान संस्कारलाई ३३–२३ ले पाखा लगाए। गोल्डेनपिकका अपिल कुलुङले १०, लालीगुराँसका संगिता बलामीले ११, बीएमसीएका सोनाम तामाङले ७ र ओडिसीका सोहन तामाङले १० स्कोर गरे।

सिनियर ब्वाइजमा लालीगुराँसले गोल्डेनपिकलाई ५३–४३, बीएनएले ग्रिनल्यान्डलाई ३३–१८, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई ४७–२८ र इडेन ब्रिज एकेडेमी (इबीए) ले हिमालयलाई ३०–१५ पन्छाए। लालीगुराँसका प्राण मल्लले २५, बीएनएका दीपक तामाङले १०, पारामाउन्टका पिटर राईले १५ र इबीएका आदित्य श्रेष्ठले १२ अंक जोडे।

प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह—प्राचार्य बिनोद घिमिरे (बिजी) ले संयुक्त रुपमा उद्घाटन गरे। असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २५, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १८ टिम सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको