अन्नपूर्ण एनभीएलको उपाधिनजिक

काठमाडाैं। अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको। अन्नपूर्ण १२ अंकसहित तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पा¥यो। अन्नपूर्णले दोश्रोमा २५–२३, तेश्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित ग¥यो। अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।

६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको