ज्ञानोदय दोहोरो उपाधिनजिक

काठमाडाैं। आयोजक ज्ञानोदय बालवाटिका ३२औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। ज्ञानोदयको ब्वाइज÷गल्र्स दुवै टोली फाइनलमा पुगेको हो।

बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगलालाई ४२–३० ले पराजित ग¥यो। ज्ञानोदयका साइमन दानीले २१ अंक जोडे। अर्को सेमिफाइनलमा लिटिल एन्जल्स (एलए) ले एलआरआईलाई ४५–२५ ले हरायो। एलएका आयुश गोइतले २४ स्कोर गरे।

गल्र्सको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगलालाई ३६–२२ र पाखा लगायो। ज्ञानोदयकी सुवेक्षा वज्राचार्यले २४ स्कोर गरिन्। अर्को सेमिफाइनलमा मल्पी इन्टरनेसनलले एलएलाई १३–९ ले हराउदा खुशी प्रिया कासुलाले १० अंक जाडिन्।

ब्वाइज फुटबलमा रातो बंगला र ज्ञानोदय उपाधिका लागि भिड्ने छन्। रातो बंगलाले डिएभीलाई ३–० गोलले पराजित ग¥यो। सिद्धान्त राईले २ तथा अर्नव श्रेष्ठले १ गोल गरे। सोनाम भट्टचनको निर्णायक गोलमा ज्ञानोदयले एलएलाई १–० गोलले हरायो।

६ टिम सहभागी गल्र्स फुटबलको सुपर लिगमा दोश्रो स्थानमा रहँदै रातो बंगलाले फाइनल यात्रा तय ग¥यो। रातो बंगलाले त्रियोगमाथि ५–० को सहज जित दर्ता ग¥यो। सान्भी रावलले २ तथा श्रीयुक्ति शाह, सान्भी शर्मा र प्रशंसा कंसाकारले समान १–१ गोल गरे। फाइनलमा रातो बंगलाको भेट एभीएमसंग हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको