मधेसलाई हराउँदै कर्णाली प्लेअफमा

काठमाडाैं। मधेस वारिर्यसलाई हराउँदै कर्णालीले नेपाल भलिबल लिग (एनभीएल) काे प्लेअफमा स्थान बनाएकाे छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा कर्णालीले मधेसलाई ३–१ काे सेटमा हराउँदै काठमाडाैंसँगकाे भेट पक्का गरेकाे हाे। कर्णालीले खेलमा २५–२०, २५–२०, २१–२५ र २५–१९ ले हरायाे।

४ जित र १ हार व्यहोरेका कर्णालीले ११ अंक जोड्यो। कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘प्लेयर अफ द म्याच’ चुनिए।

यस्तै, अर्काे खेलमा अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।

अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित ग¥यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको