काठमाडाैं। ज्ञान संस्कार इन्टरनेसनल स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार जित हात पारेको छ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा ज्ञान संस्कारले पारमाउन्ट एकेडेमीलाई १४–८ ले पराजित ग¥यो। ज्ञान संस्कारकी जिनु वज्राचार्यले ९ स्कोर गरिन्। सोही स्पर्धामा न्युटनले वेदव्यासलाई ३१–१५ तथा केभीकेएसएसले ग्रिनल्यान्डलाई ३३–२२ ले हराए। न्युटनकी इरिने राणाले ११ तथा केभीकेएसएसकी पूजा वाइबाले १० अंक जोडे।
सिनियर ब्वाइजमा जेबी स्कुलले टीआईएलाई ४३–३५, हिमालयले वेदव्यासलाई २५–२२, न्युटनले ग्रिनल्यान्ड ‘बी’ लाई ४०–२८, बीएमसीएले नेचरलाई ३०–२० र किङडमले प्रारम्भ वल्र्डलाई ३०–२१ ले पाखा लगाए। जेबीका दिपेश सुनारले १३, हिमालयका स्लोक खड्काले १३, न्युटनका युनिक कार्कीले ७, बीएमसीएका विमल गुरुङले १४ र किङडमका अनिश लामाले ९ अंक बटुले।
जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले हिमालयलाई १५–९, जेबीले न्युटनलाई ३४–१७, ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १२–७ र पारामाउन्टले ज्ञान संस्कारलाई १५–८ ले पन्छाए। बीएनएका आयुश गौतमले ७, जेबीका रुपेश तामाङले १०, ग्रिनल्यान्डका सौरव चौधरीले ६ र पारमाउन्टका शंकर तामाङले १३ अंक जोडे।