एनआरसी बहुसांस्कृतिक टेबलटेनिस सम्पन्न

सिड्नी। नेप्लिज रिक्रिएसन क्लब (एनआरसी)को आयोजनामा ‘एनआरसी बहुसांस्कृतिक टेबल टेनिस प्रतियोगिता २०२६’ सम्पन्न भएको छ।

सिड्नीको टेबल टेनिस एकेडेमी, राइडमा आयोजना भएको प्रतियोगितामा विभिन्न देश तथा समुदायगरि कूल ३९ खेलाडी सहभागी थिए। प्रतियोगितामा बिगिनर्स, खुला एकल, १२ वर्षमुति, ४५ वर्षमाथिको भेट्रान्स र खुला युगलगरि पाँच विधामा प्रतिस्पर्धा भएको थियो।

बिगिनर्सतर्फ सन्दीप शर्मा विजेता, सञ्जय यादव फस्ट रनर–अप र किशन देवकोटा सेकेन्ड रनर–अप बने। खुला एकलमा चुन हो माकले उपाधि जित्दा रायन बर्मन दोस्रो र जेफ चान तेस्रो भए।

१२ वर्षमुनिको बालबालिकातर्फ श्रेया व्यासख विजेता, अवि चालिसे उपविजेता र आयान बर्मन तेस्रो बने। भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धामा नयन बर्मन प्रथम, चेतमान गुरुङ द्धितीय र साइलेन जोशी तृतीय भए।

खुला युगलतर्फ नयन बर्मन र रायन बर्मनको जोडी विजेता बन्यो। संगम र सगुनको जोडी उपविजेता तथा मिथिलेश र फौजीको जोडी तेस्रो बन्यो। एनआरसी अध्यक्ष सञ्जय श्रेष्ठले प्रतियोगितामा सहभागी खेलाडी, आयोजक, स्वयंसेवक, सहयोगी तथा समर्थकलाई धन्यवाद व्यक्त गरे। प्रतियोगिता सफल बनाउन स्वयंवसेवक कुलदीप प्रधानले सहयोग गरेका थिए।

खेलकुदमार्फत विभिन्न देश तथा समुदायबीच मित्रता, एकता र आपसी सद्भाव अभिवृद्धि गर्नु प्रतियोगिताको उद्धेश्य रहेको आयोजकले जनाएको छ।

पवन सोती र अभय फुयालको संयोजनमा आयोजना गरिएको प्रतियोगिताका विजेता तथा उपविजेतालाई आगामी एनआरसी गाला डिनरमा औपचारिक पुरस्कार वितरण समारोह आयोजनागरि सम्मान गरिनेछ। गाला डिनरको मिति र स्थान तय भएपछि जानकारी गराइने एनआरसीले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको