काठमाडौं। फिडे मास्टर क्षितिज अरुणले शनिबार दोस्रो खुल्ला फिडे र्यापिड रेटिङ चेसको उपाधि जितेका छन्। अन्नपूर्ण आरसीटीको आयोजना स्विस लिग नौ चरणको प्रतियोगितामा क्षितिजले आठ अंक बटुले। उनले सात जित र दुई बराबरी खेले।
जितसँगै उनले १५ हजार रुपैंया प्राप्त गरे। समान आठ अंकमा बुकहोल्ज टाइब्रेकरको आधारमा पूर्व नेपाल च्याम्पियन सीए पुरुषोत्तम चौलागाई दोस्रो भए। उनले १० हजार रुपैंया हात पारे। यस्तै बेल्जियमका जोचिक डेमोलिन साढे सात अंकमा तेस्रो भए।
महिलातर्फ भने राधिका पौडेल पहिलो, डानिशा पूरी दोस्रो तथा अग्रता आचार्य तेस्रो भए। दुई दिने प्रतियोगितामा कुल १ सय ५० खेलाडीको सहभागिता रहेको थियो।