काठमाडौं भदौ २९ गते। एन्जल्स हार्ट र भद्रकालीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
एन्जल्स हार्टले एचएचसीएलाई २१–१८ ले पराजित ग¥यो। एन्जल्स हार्टको जितमा सौरव श्रेष्ठले ६ अंक योगदान गरे। अमित रेको ५ अंक सहयोगमा भद्रकालीले पारामाउन्ट एकेडेमीलाई १०–७ ले हरायो। सोही स्पर्धाको अर्को खेलमा गण्डकीले बीएमसीएलाई २९–१५ ले पाखा लगायो। गण्डकीका मिराज अलीले ६ अंक बटुले।
गल्र्समा न्युटनले जेबी स्कुललाई २०–१३, बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले विभूतिलाई ३६–१५, सेबले वेद्व्यासलाई २६–१८ र तेजस्वी एकेडेमीले मन्जरीलाई २७–१४ ले पन्छाए। न्युटनकी इरेनी राणाले १५, बीएनएकी पूर्णिमा नेपालीले ११, सेबकी मनीषा क्षेत्रीले १० र तेजस्वीकी निशा पण्डितले १३ स्कोर गरे।
सिनियर ब्वाइजमा एन्जल्स हार्टले नेचरलाई ५८–४६ तथा जेबीले ह्वाइट हेभेनलाई ६१–५० ले पराजित गरे। एन्जल्स हार्टका रुपेश पौडेलले ३० तथा जेबीका दिपेश सुनारले १२ अंक जोडे।