काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले एल्चेलाई ३–२ गोलले पराजित गर्दै पाँचौँ जित निकालेको छ।
एल्चेको घरेलु मैदानमा रियलले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो। २५औँ मिनेटमा एल्चेका गोलरक्षक मातियास डितुरोको आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो। त्यसपछि ३३औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा भने एल्चे खेलमा फर्कियो। ७१औँ मिनेटमा अबिएल ओसोरियोले गोल गर्दै अन्तर घटाए भने ८३औँ मिनेटमा फेर्नान्डो निनोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
तर अतिरिक्त समयमा कार्लोस एस्पीले गोल गरेपछि रियल मड्रिडले ३–२ को रोमाञ्चक जित सुनिश्चित गर्यो। जितसँगै रियलले ६ खेलबाट १५ अंक जोडेको छ। एल्चे भने ६ खेलबाट २ अंकसहित तालिकाको पुछारमा छ।