ढाेरपाटन रनिङ कप खेल्न अस्ट्रेलिया पुगे सुनिल बोहरा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका आउटसाइड हिटर सुनिल बोहरा ढाेरपाटन रनिङ कप खेल्न अस्ट्रेलिया पुगेका छन्।

बोहरा घरेलु भलिबलमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन्। उनी पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका नियमित सदस्यसमेत हुन्। २०२६ को काभा पुरुष भलिबल च्याम्पियनसिपमा पनि उनले नेपालबाट सहभागिता जनाएका थिए।

बोहरा सेप्टेम्बर १८ मा अस्ट्रेलिया पुगेका हुन्। उनले अस्ट्रेलियामा हुने सातौँ डोरपाटन रनिङ कपमा आयोजक ढाेरपाटन क्लब अस्ट्रेलियाबाट खेल्ने भएका छन्। उनलाई विमानस्थलमा त्रिभुवन आर्मी क्लबकै महिला पूर्व साफिया पुन र अर्का खेलाडीले स्वागत गरेका थिए।

सिड्नीमा आधारित डोरपाटन क्लब अस्ट्रेलियाले पुरुष तथा महिला भलिबल टोली सञ्चालन गर्दै आएको छ। क्लबले यसअघि पनि डोरपाटन रनिङ कपसहित विभिन्न भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।

आयोजकसम्बन्धी सार्वजनिक जानकारीअनुसार सातौँ डोरपाटन रनिङ कप आगामी अक्टोबर ४ मा आयोजना हुँदैछ। प्रतियोगितामा बोहराले आयोजक टोलीबाट प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका बोहराको अस्ट्रेलिया यात्रा भने स्थायी रूपमा विदेश पलायन भएको नभई भन्ने उल्लेख गरिएकाे छैन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको