नेपालका टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा

काठमाडाैं, असोज ४ गते । नेपालका दुुई ई स्पोट्र्सका टिम पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थानमा रहदै ट्रेन टू किल (टीटूके) र होरा ई स्पोट्र्स ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका हुन्।

ई स्पोट्र्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलले काठमाडौंमा आयोजना गरेको चार दिने क्षेत्रीय छनोटमा १६ टिम मध्य उत्कृष्ट प्रर्दशन गर्दै नेपालका दुुई टिमले ग्लोबल ओपनमा स्थान बनाएका हुन्।

टीटूके १ सय ८८ अंक सहित समग्रमा दोस्रो स्थानमा रह्यो, होरा ई स्पोट्र्स १ सय ७५ अंक सहित तेस्रो स्थानमा रह्यो। नेपालकै अर्को टिम एचएलएक्स चौथों स्थानमा रहेपनि ग्लोबल ओपनमा स्थान बनाउन सकेन । पाकिस्तानको फोर थ्रिभ्स पहिलो स्थानमा रहदै ग्लोबल च्याम्पियनसिपमा छनोट भएको छ।

पहिलो बनेको फोर थ्रिभ्सले ९ हजार अमेरिकी डलर, दोस्रो टी टू केले ५ हजार ५ सय अमेरिकी डलर, तेस्रो होरा ई स्पोट्र्सले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन्। विजेता खेलाडीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, र ईशानका कार्यवहाक अध्यक्ष हिमबिक्रम केसीले पुरस्कृत गरेका थिए।

चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको टिकटबाट जम्मा भएको ५० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रमलाई नीजि तथा विभिन्न संघ संस्थाले सहयोग गरेका थिए। काठमाडौंमा सम्पन्न भएको पीएमजीओ साउथ एसिया कार्यक्रम दक्षिण एसियाकै उत्कृष्ट ल्यान ईभेन्ट मध्य एक भएको ईशानका सचिव आशिष दाहालले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको