१० खेलाडीमा सीमित रियल मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगामा मड्रिड डर्बीमा रियल  पराजित भएको छ। १० खेलाडीमा सीमित रियल मड्रिड पराजित भएसँगै १५ अंकमा रोकिएको छ।

यो हारसँगै रियल मड्रिड १५ अंकसहित तालिकाको चौथो स्थानमा झरेको छ।

रियल मड्रिडका लागि डिन हुइसेनले ५२औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

त्यसपछि प्राप्त पेनाल्टीमा ग्रिमाल्डोले ५३औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसको केही मिनेटपछि जुलियानो सिमोनेको पासमा जोनाथन डेभिडले गोल गर्दै एट्लेटिकोको अग्रता २–० बनाए।

रियलका रुडिगरले ८९औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएका थिए। तर बाँकी समयमा एट्लेटिकोले रियलकाे आक्रमण रोक्दै महत्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो। जितसँगै एट्लेटिको ७ खेलबाट १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको