ग्रिनल्यान्ड र युनिक नेपालले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ग्रिनल्यान्डले जनप्रेमीलाई ५२–४६ तथा युनिकले नेक्सस्लाई ५७–४९ ले पराजित गरे। ग्रिनल्यान्डका जेसन तामाङले १४ तथा युनिकका रोशन खड्काले ३५ अंक जोडे।
नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बीडिएसले नाइटिङ्गेललाई ९३–११, नवोदितले एभरेष्टलाई ४७–२९, त्रिज्योतिले निस्ट, भक्तपुरलाई ४९–२३, भ्याली पब्लिकले एलआरआईलाई ५१–३९, अक्षराले द एक्सेल्सियर स्कुललाई ३०–११, मातृभूमिले न्यु जेनिथलाई ४२–१९, हिमालयनले चाणक्यलाई ५७–५१ र डाफोडिलले बौद्ध इन्टरनेसनल स्कुललाई ४३–३१ ले हराए।
बीडिएसका निश्चल महर्जनले २४, नवोदितका आदेशले १४, त्रिज्योतिका नवाङ शेर्पाले १८, भ्याली पब्लिकका अनिश केसीले २०, अक्षराका सुयोग तिमल्सिनाले १२, मातृभूमिका सक्षमले १६, हिमालयनका अस्विन थापाले २७ र डाफोडिलका काल्साङ तामाङले १८ स्कोर गरे।