लुम्बिनी लायन्समा डार्सी शर्ट निरन्तर

ओपनर डार्सी शर्टले पुनः लुम्बिनी लायसन्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। गत वर्ष लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन अस्ट्रेलियन ओपनिङ ब्याटर शर्टले प्रमुख भूमिका खेलेका थिए।

उनले सबै १० खेल खेल्दै एक अर्धशतकसहित १२१ भन्दा माथिको स्ट्राइक रेटमा २ सय ५६ रन बनाएका थिए। लुम्बिनी लायन्सबाट उनले भन्दा बढि रन कप्तान रोहित पौडेलले मात्र बनाएका थिए। गत सिजनको एनपीएलमा शर्ट सर्वाधिक रन बनाउने सुचिमा चौथो स्थानमा थिए।

लुम्बिनी लायन्सले अर्को महिना हुने एनपिएलाई अनुबन्धित गरेको ३६ वर्षे शर्ट तेस्रो विदेशी खेलाडी हुन्। लुम्बिनी लायन्सको गत सिजनको विजयी यात्रामा प्लेयर अफ द सिरिजमा चुनिएका नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमन र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालाई पनि अनुबन्धित गरिसकेको छ। यी तीनै खेलाडीले गत सिजन लुम्बिनीबट खेलिसकेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको