नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ अक्टोबर १० मा

काठमाडौं। नेपालमा व्यावसायिक मुवाथाई खेललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ।

प्रतियोगिता आगामी अक्टोबर १० मा काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा आयोजना हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा मुवाथाईका नियमअनुसार कुल ११ वटा भिडन्त हुनेछन्।

प्रतियोगितामा नेपालका २२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको मुख्य भिडन्तमा सुष्मा चौधरी र रजिना विष्ट आमनेसामने हुने आयोजकले जनाएको छ।

कम्ब्याट खेलका दर्शकलाई स्तरीय खेल अनुभव प्रदान गर्ने उद्देश्यले प्रतियोगिताका लागि विशेष रिङ, प्रकाश तथा अन्य प्राविधिक व्यवस्थासहितको उत्पादन तयारी गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता स्थलमै पुगेर हेर्न चाहने दर्शकले इसेवामार्फत टिकट खरिद गर्न सक्नेछन्। आयोजकले यसअघिका कम्ब्याट खेलकुद प्रतियोगिताभन्दा ‘फ्युजन फाइट च्याप्टर–१’ लाई थप व्यावसायिक, व्यवस्थित र परिष्कृत रूपमा प्रस्तुत गर्ने जनाएको छ।

नेपालमा मुवाथाईसहित कम्ब्याट खेलको व्यावसायिक विकास र खेलाडीलाई प्रतिस्पर्धाको थप अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको