काठमाडौं असोज ८ गते। युरो स्कुल, हात्तीगौडा र मातृभूमि जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
युरोले केएमसीलाई ४०–१९ ले पराजित ग¥यो। युरोको जितमा रुवेन घिमिरेले १० अंक योगदान गरे। रवि आभासको १९ अंक सहयोगमा मातृभूमिले युरो, हात्तीगौडालाई ४९–३२ ले हरायो। मातृभूमि समूह ‘ए’ को विजेता तथा युरो, हात्तीगौडा सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन्।
ब्वाइज बास्केटबलमै एआईएले ग्रिनलन्सलाई २६–२४ तथा मिल्सबेरीले पनि ग्रिनलन्सलाई नै २६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। एआईएका सन्भड शाहीले ८ तथा मिल्सबेरीका अर्चन कार्कीले ६ स्कोर गरे। क्वाटरफाइनल न्युटन र युरो, हात्तीगौडा, मातृभूमि र एआईए, हेम्स र विल्सन एकेडेमी तथा गण्डकी र एचएचसीएबीच हुनेछ।
गल्र्समा न्युटनले आयोजक जोन डेवीलाई २३–१२, भ्याली पब्लिकले द एक्सेल्सियर स्कुललाई २४–१०, बौद्ध चिल्डे«न हेभेन स्कुलले युरो, छाउनीलाई ३४–११ तथा ल्यान्डमार्क एकेडेमीले राई स्कुललाई ११–६ ले पन्छ्याउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे। न्युटनकी आईरिन रानाले १०, भ्याली पब्लिककी सोनीमाया तामाङले १४, बौद्धकी जस्मिन गुरुङले ८ र ल्यान्डमार्ककी प्रतीक्षा राईले १० अंक बटुले। क्वाटरफाइनलमा सत्य साइले निम्स, बौद्धले न्युटन, मातृभूमिले टीआईए र भ्याली पब्लिकले ल्यान्डमार्क विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।
फुटसलमा जोन डेवी दोहोरो उपाधिनजिक
प्रतियोगिताअन्तर्गत फुटसलमा आयोजक जोन डेवीको यु–१२ ब्वाइज र गल्र्स दुवै टोली फाइनलमा प्रवेश गरेका छन्। यु–१२ ब्वाइजमा जोन डेवीले बृहस्पति विद्या सदनलाई १–० गोलले पराजित ग¥यो। रेनभ कुमारले निर्णायक गोल गरे। उपाधिका लागि जोन डेवीले राई स्कुल विरुद्ध खेल्ने छ। अर्को सेमिफाइनलमा राईले डाफोडिल पब्लिक स्कुललाई २–० गोलले हराएको थियो। राईका आभास रेग्मी र रिहानकुमार श्रेष्ठले गोल गरे।
गल्र्समा जोन डेवीले इस्टपोललाई ७–० को फराकिलो गोलअन्तरले पाखा लगाउदै ग्यालेक्सीसंग फाइनल भेट पक्का गरे। जोन डेवीका रियान्सी त्रिपाठीले ह्याट्रिक गरिन् भने आस्ना श्रेष्ठ, दिभिसा शर्मा र जेनी स्याङ्बोले समान १–१ गोल थपे। एक गोल आत्माघाती थियो। ग्यालेक्सीले नर्थ भ्याली ‘ए’ लाई टाइब्रेकरमा २–० गोलले पन्छायो। प्राची र टासी शेर्पाले गोल गरे।
यु–१६ ब्वाइजमा काष्ठमण्डप विद्यालय र ग्यालेक्सी उपाधिका लागि भिड्ने भएका छन्। काष्ठमण्डपले वेदव्यासलाई २–१ गोलले पराजित ग¥यो। काष्ठमण्डपका ग्रिस घिमिरे र सुप्रिम प्रताप बोहराले गोल गरे। वेदव्यासका अभिषेक राईले सान्त्वना गोल फर्काए। ग्यालेक्सीले द चाँदबाग स्कुललाई २–१ गोलले हरायो। ग्यालेक्सीका सोयम निरौला र प्रदेश भण्डारीले १–१ गोल गरे। चाँदबागका प्रज्ज्वल आले मगरले १ गोल फर्काए।