महिला कबड्डीमा कांस्यसँगै ३२औँ स्थानमा नेपाल

काठमाडौं। महिला कबड्डी टोलीले कांस्य पदक हासिल गरेसँगै नेपाल एसियाली खेलकुदको पदक तालिकामा ३२औँ स्थानमा पुगेको छ।

नेपालले महिला कबड्डीको सेमिफाइनलमा भारतसँग ४८–२४ ले पराजित हुँदै कांस्य पदकमा चित्त बुझाएको हो। सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक पाउने प्रावधानअनुसार नेपालले पदक पक्का गरेको थियो।

योसँगै एसियाली खेलकुदको यस संस्करणमा नेपालको पदक संख्या दुई पुगेको छ। यसअघि करातेका तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ केजी तौल समूहमा कांस्य जितेका थिए।

हालको पदक तालिका १४९ पदकसहित चीन शीर्ष स्थानमा रहँदा १०५ पदक पुगेको जापान दोस्रो स्थानमा छ। भारत १२औैं स्थानमा रहँदा उसले १९ पदक जितेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको