काठमाडौं असोज ९ गते । न्युटन र गण्डकी जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
न्युटनले युरो स्कुल, हात्तीगौडालाई ४३–४० ले पराजित ग¥यो। न्युटनका युनिक कार्कीले २१ अंक जोडे। गण्डकीले एचएचसीएलाई ४३–२७ ले हरायो। गण्डकीका विरेन श्रेष्ठले १२ स्कोर गरे।
ब्वाइजमै विल्सन एकेडेमी र मातृभूमिले पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे। विल्सनले डिफेन्डिङ च्याम्पियन हेम्सलाई ४७–३२ ले पाखा लगायो। विल्सनका लागि रेहान डंगोलले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक बटुले। मातृभूमिले एआईएमाथि ५४–३० को सहज जित दर्ता ग¥यो। मातृभूमिका सक्षम महर्जनले २० अंक जोडे। सेमिफाइनलमा मातृभूमिको भेट विल्सनसंग हुनेछ भने गण्डकीले न्युटनको सामना गर्ने छ।
जोन डेवीको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स बास्केटबलमा भ्याली पब्लिक, साविक विजेता बौद्ध चिल्ड्रेन हेभेन स्कुल, निम्स र मातृभूमिले सेमिफाइनलमा स्थान पक्का गरे। भ्याली पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई ३३–१९ ले पन्छायो। भ्याली पब्लिककी दृष्य गुरुङले ८ स्कोर गरिन्। बौद्धले न्युटनलाई ४५–२८ ले पराजित ग¥यो। बौद्धकी गयुल शेर्पाले २० अंक जोडिन्। निम्सले सत्य साइको यात्रामा २१–६ ले पूर्णविराम लगायो। निम्सकी कतिना तामाङले ८ अंक बटुलिन्। मातृभूमिले टीआईएको चुनौती ३२–१८ ले समाप्त पा¥यो। मातृभूमिकी समाइराह श्रेष्ठले १३ स्कोर गरिन्। सेमिफाइनल निम्स र बौद्ध तथा मातृभूमि र भ्याली पब्लिकबीच हुनेछ।
प्रतियोगिताअन्तर्गत फुटसलमा फाइनल समीकरण पूरा भइसकेको छ। यु–१२ ब्वाइजमा जोन डेवी र राई स्कुल, यु–१६ ब्वाइजमा काष्ठमण्डप विद्यालय र ग्यालेक्सी पब्लिक स्कुल तथा गल्र्समा जोन डेवी र ग्यालेक्सीले उपाधि भिडन्त पक्का गरिसकेका छन्।