काठमाडाैं। दोस्रो काठमाडौं १० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा धिरेन राईले ६ अङ्क सहित अग्रता कायम गरेका छन्। स्विस लिग प्रणालीमा नौ चरणमा आयोजना हुने सो प्रतियोगिताको पहिलो दिन ६ चरणका खेल सम्पन्न भएकाे छ। धिरेनले ६ खेलमा नै सफलता पाए।
काठमाडौं महानगरपालिका–१० को आयोजनामा नयाँ बानेश्वरमा प्रतियोगिता आजबाट सुरु भएकाे हाे। प्रतियोगितामा २ सय २० खेलाडीको सहभागिता छ। प्रतियोगिताको विजेताले २६ हजार २ सय ५० तथा उपविजयजीले २२ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन्।

तेस्रो हुनेले १८ हजार तथा चौथो हुनेले ११ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाउने छन्। पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगिताको आयोजक वडाका सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्र कुमार बस्नेतले संयुक्त रूपमा उद्घाटन गरे। सो अवसरमा बोल्दै बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने विश्वास रहेको बताए।