इङ्ल्यान्डको पहिलो जित

काठमाडौं। यूईएफए नेसन्स लिगको समूह ‘ए३’ मा इङ्ल्यान्डले चेक रिपब्लिकमाथि २–० को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

प्रागस्थित फोर्टुना एरिनामा भएको खेलमा इङ्ल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेको हो। एन्टाेनी गोर्डनले ४७औँ मिनेटमा गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि कप्तान ह्यारी केनले ६९औँ मिनेटमा गोल थप्दै टोलीको जित पक्का गरे।

चेकियाका पाभेल शुल्च २५औँ मिनेटमा रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि इङ्ल्यान्डले खेलमा आफ्नो दबाब बढाउँदै दुई गोल गरेको थियो।

यस जितसँगै इङ्ल्यान्डले समूह ‘ए३’ मा ३ अंक जोडेको छ। चेकिया भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहीन छ। इङ्ल्यान्डको पहिलो खेलमा स्पेनसँग पराजित भएकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको