पोर्चुगलको प्रशिक्षण शिविर छाडेका रोनाल्डो अल नासरको प्रशिक्षणमा फर्किए

काठमाडाैं। पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका क्रिस्टियानो रोनाल्डो अल नासरको प्रशिक्षणमा फर्किएका छन्।

पोर्चुगलको शिविर छाडेको पाँच दिनपछि रोनाल्डो सोमबार साउदी क्लब अल नासरको प्रशिक्षणमा सहभागी भएका हुन्। क्लबले सामाजिक सञ्जालमार्फत रोनाल्डो प्रशिक्षणमा फर्किएको तस्बिर सार्वजनिक गरेको छ।

पोर्चुगलका प्रशिक्षक जर्ज जेसुससँगको विवादपछि रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए। डेनमार्कविरुद्धको खेलमा सुरुआती ११ मा नरहने जानकारी पाएपछि उनले शिविर छाड्ने निर्णय गरेका थिए।

रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले डेनमार्कलाई ४–२ र नर्वेलाई २–१ ले हराउँदै नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। यता, प्रशिक्षक जेसुसले रोनाल्डो इच्छुक भए आगामी अन्तर्राष्ट्रिय खेलका लागि टोलीमा फर्कन सक्ने बताएका छन्।

अल नासरले शुक्रबार साउदी प्रो लिगमा अल दिरियाहसँग खेल्दैछ। त्यस खेलमा रोनाल्डो मैदान फर्कने सम्भावना रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको