टेनिस टोली भियतनाम जाने

काठमाडाैं । बिलि जिन किङ कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली अक्टोबर १९ तारिख भियतनामको फान थिट जाने भएको छ।

अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा सन्तोष खत्री छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको