एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाको जित

काठमाडाैं। स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–१ गोलले पराजित गरेको छ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा जुलियानो सिमिओनेले १०औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर बार्सिलोनाका फर्मिन लोपेजले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। उनले नै ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए।

यस जितसँगै बार्सिलोनाले १२ खेलमा ३३ अंक जोडेको छ। पराजित एट्लेटिको १२ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको