युइएफए नेसन्स लिगमा इटालीको शानदार जित

काठमाडाैं। युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘ए वान’ को खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलले पराजित गरेको छ।

शुक्रबार सम्पन्न खेलमा इटालीले उत्कृष्ट पुनरागमन गर्दै फ्रान्समाथि जित निकालेको हो। खेलको १०औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

तर इटालीका पियो एस्पोसिटोले २६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि डाभिडे फ्राटेसीले ६३औँ मिनेटमा गोल गर्दै इटालीलाई अग्रता दिलाए। एस्पोसिटोले नै ७५औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले ३–१ को जित पक्का गर्‍यो।

जितसँगै इटाली समूह ‘ए वान’ को शीर्ष स्थानमा उक्लिएको छ। पाँच खेलबाट इटाली र फ्रान्स दुवैले समान १० अंक जोडेका छन्। तर फ्रान्सविरुद्धको जितका कारण इटाली हेड टु हेड आधारमा शीर्ष स्थानमा रहेको छ। बेल्जियम ९ अंकसहित तेस्रो स्थानमा छ भने टर्की अंकविहीन रहँदै पुछारमा छ।

यस जितले इटालीलाई क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको