जर्मनीसँग सर्बिया ३–१ ले पराजित, बाबिचकै आत्मघाती गोलबाट अग्रता

काठमाडौं। यूईएफए नेसन्स लिगअन्तर्गत समूह ‘ए२’ को खेलमा जर्मनीले सर्बियालाई ३–१ गोलले पराजित गरेको छ।

शुक्रबार राति सर्बियाको मैदानमा भएको खेलमा जर्मनीले सुरुवातदेखि नै दबाब बनाएको थियो। खेलको तेस्रो मिनेटमै सर्बियाका स्र्दान बाबिचले आत्मघाती गोल गरेपछि जर्मनीले अग्रता बनाएको थियो।

१४औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए। त्यसपछि ५०औँ मिनेटमा ब्रायन ग्रुडाले गोल थपेपछि जर्मनी ३–० ले अघि बढेको थियो।

सर्बियाका लागि ५६औँ मिनेटमा बाबिचले गोल गर्दै अन्तर घटाए। तर, त्यसपछि थप गोल हुन नसक्दा जर्मनीले ३–१ को जित दर्ता गर्‍यो।

खेलको अन्तिम समयमा सर्बिया ९ खेलाडीमा सीमित भएको थियो। ७६औँ मिनेटमा भान्या ड्रागोयेभिच र ८९औँ मिनेटमा आन्द्रिया झिभ्कोभिचले रातो कार्ड पाएका थिए।

यस जितसँगै जर्मनीले पाँच खेलबाट ८ अंक जोडेको छ। पाँचवटै खेलमा पराजित सर्बिया भने अंकविहीन छ। जर्मनीले समूहको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको