रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले ७ नम्बरको जर्सी लगाउने

काठमाडौं। पोर्चुगलले आफ्ना पूर्वकप्तान क्रिस्टियानो रोनाल्डोको सम्मानमा आज डेनमार्कविरुद्ध विशेष कार्यक्रम गर्ने भएको छ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडी मैदान प्रवेश गर्दा उनको पहिचान बनेको ७ नम्बरको जर्सी लगाएर आउनेछन्।

त्यस्तै, खेलको सातौँ मिनेटमा रोनाल्डोको सम्मानमा विशेष कार्यक्रम गरिनेछ। उक्त समयमा मैदानमा उपस्थित समर्थकले पनि ताली बजाएर उनलाई सम्मान गर्नेछन्। युरोपेली फुटबल महासंघ (यूईएफए) ले दुवै कार्यक्रमलाई अनुमति दिएको छ।

पोर्चुगलका लागि २३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा गरेका रोनाल्डोले राष्ट्रिय टोलीबाट २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। उनले सन् २०१६ मा पोर्चुगललाई पहिलोपटक युरोपेली च्याम्पियन बनाएका थिए।

रोनाल्डोले गत नोभेम्बर ५ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको ७ नम्बरको जर्सी अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका थिए।

उनको सन्न्यास राष्ट्रिय टोलीबाट मात्र हो। उनी क्लब फुटबलमा भने सक्रिय रहनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको