डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

काठमाडौं। कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन खेलाडीहरुले सगरमाथाको आधार शिविरको अवलोकन गरेका छन्।

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो।

मिलरले विश्वको सर्वाेच्च शिखरको अनुभव निकै रमाईलो र अविस्मरणीय भएको बताएका छन्।

कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालमा पर्यटन प्रवर्धन गर्न विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको र सोहीअनुसार तीन खेलाडीलाई आधार शिविरमा पुर्याएको बताएका छन्। ‘नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्छ भनेर नै हामीले विश्व चर्चित डेविड मिलरजस्ता खेलाडीलाई एनपिएलमा ल्याएका हौं। सोहीअनुसार टिममा आवद्ध भएका खेलाडीलाई हामीले आधार शिविर अवलोकन गराएका छौं।’


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको