काठमाडौं। फ्रान्स यूईएफए नेसन्स लिग २०२६/२७ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीलाई २–१ गोलले पराजित गर्दै फ्रान्स समूह ए१ को विजेता बनेको हो।
आइतबार राति भएको खेलमा फ्रान्सले आत्मघाती गोलको मद्दतमा अग्रता लिएको थियो। खेलको ४९औँ मिनेटमा टर्कीका एमिरहान टोप्चुले आफ्नै पोस्टमा गोल गरेका थिए।
८०औँ मिनेटमा जुनियर क्रुपीले गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए। खेलको ९०औँ मिनेटमा टर्कीका अब्दुलकेरिम बार्दाक्चीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै फ्रान्सले ६ खेलबाट १३ अंक जोड्दै समूह ए१ को शीर्ष स्थान हासिल गर्यो। दोस्रो स्थानमा रहेको बेल्जियमले १२ अंक जोड्यो भने इटाली १० अंकसहित तेस्रो भयो। टर्की भने अंकविहीन रहँदै समूहको अन्तिम स्थानमा रह्यो।
नेसन्स लिगको नयाँ ढाँचाअनुसार लिग ए का प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल खेल्नेछन्। फ्रान्सले अब मार्च २०२७ मा हुने क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
