काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साविक विजेता लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
साविक विजेता लुम्बिनीले विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
लुम्बिनी प्लेइङ-११
डार्सि सर्ट, आसिफ शेख, निरोशन डिकवेला, दिलिप नाथ, रोहित पौडेल, अलि शेख, सन्दीप जोरा, रुवेन ट्रम्पलम्यान, अविशेष गौतम, शेर मल्ल र किशोर महतो
लिग चरणको अन्तिम खेलमा खेलेको टिममा सुदूरपश्चिमले भने तीन परिवर्तन गरेको छ । अभिनास बोहोरा, थानुका दबारे र जर्ज मुन्सीले सुदूरपश्चिमको प्लेईङ-११ मा मौका पाएका छन् । अघिल्लो खेल खेलेका दिपक बोहोरा, फेबियन एलेन र ब्राण्डन म्याकमुलन भने टिममा रहेका छैनन् ।
सुदूरपश्चिम प्लेइङ-११
स्कट कुगलेइन, विनोद भण्डारी, जर्ज मुन्सी, इशान पाण्डे, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, थिरुन्दु रत्नायके, थानुका दबारे, अनिल खरेल, हेमन्त धामी र अभिनास बोहोरा
