एनपिएल : चितवन पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपारले टस जितेर ब्याटिङ रोजेका हुन् ।

लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध खेलेको चितवनको टोलीमा २ परिवर्तन भएको छ । चितवनले सिकन्दर राजा तथा अशोक धामीलाई टिम बाहिर राखेको छ । उनीहरुको स्थानमा डाबिड मिलान तथा रञ्जित कुमारले मौका पाएका छन् ।

चितवन राइनोज प्लेईङ-११

कामिल मिशार, देव खनाल, डाबिड मिलान, विवेक यादव, डान मौस्ले, कुशल मल्ल, सलाउद्दिन खान, उसमा मिर, रञ्जित कुमार, कमलसिंह ऐरी, रिजन ढकाल

लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध खेलेको टोलीमा काठमान्डुले दुई परिवर्तन गरेको छ । स्मित पटेल र सुमित महर्जन बाहिर रहँदा साम हेजलेट र साहिल पटेलले मौका पाएका छन् ।

काठमान्डु गोर्खाज प्लेईङ-११

साम हेजलेट, भीम सार्की, विल बोसिस्टो, सहान अराचिगे, रशिद खान, जहान्दाद खान, करण केसी, सन्तोष यादव, सोनु देवकोटा, साहिल पटेल, गनेश गौतम

 

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको