रेडियन्ट पब्लिकको विजयी सुरुआत

काठमाडौं मंसिर २ गते । आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ।

स्युचाटरस्थित घरेलु कोर्टमा साविक विजेता रेडियन्टले न्यु जेनिथलाई ४५–२५ ले पराजित ग¥यो। रेडियन्टका नन्दन बस्नेतले १० अंक जोडे। सिनियर ब्वाइजमै कश्यपले ओएसिस्लाई ३३–२२, एलआरआईले बाल दीक्षा सदनलाई २९–२६, ग्रिनफिल्डले एनआईसी एकेडेमीलाई ३३–२७ र केभीसी, स्युचाटारले स्वर्णिमलाई ३५–२६ ले हराए। कश्यपका सुदिप राउतले १८, एलआरआईका सुजल मडईंले २१, ग्रिनफिल्डका अनिमेश बोहराले १२ र केभीसी, स्युचाटारका रियान बानियाँले १७ स्कोर गरे।

सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन स्वर्णिमले केभीसी, स्युचाटारलाई २५–६ ले सहजै पाखा लगायो। स्वर्णिमकी रिता सुवेदीले ९ अंक जोडिन्। जुनियर ब्वाइजमा केभीसीले एलआरआईलाई १४–४ ले पन्छायो। केभीसीका लागि सदिल वज्राचार्यले ४ अंक जोडे।

प्रतियोगिताको शिक्षक महासंघका केन्द्रीय अध्यक्ष सुन्दर पन्तले एक कार्यक्रमबीच उद्घाटन गरे। मंसिर ११ गतेसम्म चल्ने प्रतियोगितामा ३ विधामा ४४ टिम सहभागी छन्। सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइज (यु–१२) मा ८ टिमले भाग लिएका छन्। जुनियर विधा पहिलोपटक समावेश गरिएको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको