काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को तेस्रो संस्करणको दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेका हुन् । आजको खेलको विजेताले शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको थियो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग खेलेको टोलीमा दुई परिवर्तन गरेको छ । सुदूरपश्चिमले थानुका दबारे र अभिनास बोहोरालाई बेन्चमा राख्दा फेवियन एलेन र दिपक बोहोरालाई खेलाएको छ ।
सुदूरपश्चिम प्लेइङ-११
स्कट कुगलेइन, विनोद भण्डारी, जर्ज मुन्सी, इशान पाण्डे, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, थिरुन्दु रत्नायके, फेबियन एलेन, अनिल खरेल, हेमन्त धामी र दिपक बोहोरा
चितवनले भने बुधबार काठमान्डु गोर्खाजसँगको एलिमिनेटर खेलमा खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।
चितवन राइनोज प्लेईङ-११
कामिल मिशार, देव खनाल, डाबिड मिलान, विवेक यादव, डान मौस्ले, कुशल मल्ल, सलाउद्दिन खान, उसमा मिर, रञ्जित कुमार, कमलसिंह ऐरी, रिजन ढकाल
