मधेशको विजयी सुरुआत

काठमाडाैं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मधेश प्रदेशले विजयी सुरुआत गरेको छ। मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै मधेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। दोस्रो हाफमा भने मधेशले अग्रता बनायो। मधेशका विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

खेल ढिलो गरी सुरु भएका कारण निर्धारित समय घटाइएको थियो। जसअनुसार मधेश र सुदूरपश्चिमबीचको खेल ३५–३५ मिनेटको खेलाइएको थियो।
यसअघि मंगलबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको