मंसिर ८, काठमाडाैं। दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्रचार प्रसार उपसमितिले कर्णाली प्रदेश रंगशालामा मिडिया सेन्टर स्थापना गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मिडिया सेन्टरको मंगलबार औपचारिक उद्घाटन गरे। दसौं राष्ट्रिय खेलकुदका लागि खटिने सञ्चारकर्मीको सहजताका लागि मिडिया सेन्टर स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य एवं प्रचार प्रसार उपसमितिकी संयोजक मोनालिशा खम्बूले बताइन्। मिडिया सेन्टरमा टेबल, कुर्सी, इन्टरनेटलगायतको सुविधा छ।
सचिव पौडेलले मिडिया सेन्टरको अवलोकन गर्दै दसौं राष्ट्रिय खेलकुदको हरेक सूचना प्राप्त गर्न मिडिया सेन्टरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
