काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि धिरोज काजी बस्नेतको कप्तानीमा बागमती प्रदेशको पुरुष भलिबल टोली घोषणा गरिएको छ।
१४ सदस्यीय टोलीमा चितवनबाट धिरोज काजी बस्नेत, मन्जिल गुरुङ, मनिष मानन्धर र विवेक तामाङ छन्।
त्यस्तै नुवाकोटबाट सोई दोर्जे लामा, अविशेक शाही ठकुरी, भुवन पाठक र अमित तामाङ टोलीमा परेका छन्। रामेछापबाट विवेक ध्वज कार्की, प्रविन थापा र दिपेश खड्का समावेश हुँदा धादिङबाट प्रकाश तामाङ, दोलखाबाट रमित खड्का तथा सिन्धुपाल्चोकबाट सन्तोष सुनारले टोलीमा स्थान बनाएका छन्।
बागमतीले प्रदेशका ६ जिल्लाका खेलाडी समेट्दै राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ।
