काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि प्रगति नाथको कप्तानीमा बागमती प्रदेशको महिला भलिबल टोली घोषणा गरिएको छ।
१४ सदस्यीय टोलीमा सुमित्रा रेग्मी, सुनिता खत्री, सारिका कार्की, जेनिसा विश्वकर्मा, सलिना बुढामगर, सम्झना नेपाली, निशा महर, प्रगति नाथ, रेविका लामा तामाङ, भावना तामाङ, सलिना गुरुङ, एलिसा श्रेष्ठ, एन्जिला प्रधान र नामसार राना रहेका छन्।
टोलीको मुख्य प्रशिक्षकमा कुमात राई, सहायक प्रशिक्षकमा मनिक तामाङ तथा व्यवस्थापकमा सुनिता गौतम रहेका छन्।
बागमतीले प्रगतिको नेतृत्वमा राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ।
