रोनाल्डो र दुरानको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्राे लिग अन्तर्गत अल नासरले अल खालीजविरुद्ध जित हासिल गरेको छ।

बुधबार राति सम्पन्न खेलमा नासरले खालीजलाई २-० गोलले पराजित गरेको हो।

अल नासरको जितमा जोन दुरान र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे। यो जितपछि अल नासरको ३३ खेलमा ६७ अंक भएको छ र चौथो स्थानमा रहेको छ।

यस सिजनको साउदी प्रो लिगको उपाधि अल इत्तिहादले जितिसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको